अव्यस्थित महेसपुर बसपार्कले महेसपुर बजार कुरुप बन्दै

0
309


जितेन्द्र गुप्ता ।

महेसपुर, २४ भदौ । महेसपुर बसपार्क उचित व्यवस्थापन नहुँदा सवारी साधन पार्किङ्ग गर्न समस्या भएको छ भने महेसपुर बजार नै कुरुप बनेको छ । विगत लामो समयदेखि अस्थायी रुपमा संचालित उक्त बसपार्कलाई पाल्हीनन्दन गाउँपालिकाले उचित व्यवस्थापन नगर्दा सवारी साधान पार्किङ्गमा समस्या त भएकै यात्रीहरु समेत अप्ठयारो परेको बताउछन् ।

८ नम्बरी र व्यक्तिगत गरि करिब ५ कट्टामा रहेको उक्त बसपार्कमा दिनहुँ विभिन्न यातायातका गरि साना ठुला ४० वटा सवारी साधन ओहोर दोहार हुने गरेको मध्य नेपाल यातायात व्यवसायी समितिका कर्मचारी छन्नुलाल कहाँरले बताए । उनले भने ‘‘सवारी साधन पार्किङ्गको लागि ठाउँ नपुगेर थुप्रै गाडीहरु बाटोको छेउ–छाउमा राख्न पर्ने बाध्यता छ जसले गर्दा बाटो साँगुरो भएर यात्रीलाई यात्रा गर्न कठिनाई समेत भईरहेको गुनासो गरे ।”

गाउँपालिकाले प्रति सानो गाडी २० र ठुलो गाडीलाई ५० रुपैया कर लिने गरेपनि बसपार्कको व्यवस्थापनमा केहि चाँसो देखाएको छैन । बस पार्कमा शौचालय, यात्रुलाई बस्ने ठाउँ, टिकट काउण्टर, खानेपानी, आवश्यक टर्मिनल भवन र बसपार्क पुरै आरसी–सी ढलान जस्ता मुख्य कार्यहरु हुनु पर्ने कहाँरले बताए । अहिले बसपार्कको व्यवस्थापन नभएकै कारण बर्षाको पानी बसपार्ककमा जमेर बसपार्क हिलाम्मे र खाल्टाखुल्टी भएर चालक एवं यात्रुलाई समस्या हुने गरेको कहाँरले गुनासो गरे ।

गाउँपालिकाले बसपार्क तथा बैदेशिक भारवाहन निकासी पैठारी भनेर बार्षिक २० लाख रुपियामा ठेक्का लगाएको छ । तर बस पार्कको व्यवस्थापनमा कुनै चाँसो नदेखाउँदा यस्तो समस्या भएको चालकहरुले जानकारी दिए । महेसपुर मुख्य बजारमै अव्यस्थित बसपार्कमा लथालिङ्ग सवारी साधनको पार्किङ्गले र हिलो बाटोले यात्रीलाई समस्या त भएकै छ भने बजार पनि कुरुप बन्दै गएको छ स्थानियले बताए

यता गाउँपालकाले बसपार्कको उचित व्यवस्थापनका लागि आवश्यक बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिए । अध्यक्ष गुप्ताले भने, बसपार्कलाई एक व्यस्थित र आवश्यक जग्गा उपलब्ध भएको ठाउँमा बसपार्कलाई सारेर यसको उचित व्यवस्थापन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here