पारसी, १ फागुन । रामग्राम नगरपालिका वडा १२ शान्तीचौरमा रहेको सरस्वती माध्यमिक विद्यालयको २ तल्ले ४ कोठे भवनको सोमबार सिलन्यास भएको छ । रामग्राम नगरपालिका नगर प्रमुख धनपत यादवले सो विद्यालयमा बन्न लागेको उक्त २ तल्ले ४ कोठे भवनको सोमबार एक कार्यक्रम बिच सिलन्यास गरेका हुन् । विद्यार्थीहरुलाई कक्षा कोठा अभाव भैरहेका बेला नगरपालिकाले उक्त विद्यालयलाई राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त २ तल्ले ४ कोठे भवनका लागि ४५ लाख रुपिया उपलब्ध गराएको नगरपालकाको पुर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर शतिस गुप्ताले जानकारी दिनु भयो ।
भवन सिलन्यास कार्यक्रममा नगरपालिका नगर उप प्रमुख सम्झना चौधरी, नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी, ईन्जिनियर सतिश गुप्ता, ईन्जिनियर महेश्वर ठाकुर, वडा १२ का अध्यक्ष लोक बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरी, विन्नि शिक्षक शिक्षिका र स्थानियहरुको उपस्थिती रहेको थियो । विद्यालयले उक्त भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समिति मातहत एक निर्माण समिति बनाई निर्माण कार्य अगाडी सारेको प्रअ दयानन्द चौधरीले जानकारी दिनु भयो । विद्यालयमा सिलन्यास भएको उक्त भवन बनेपछि यहाँका विद्यार्थीहरुको पठन पाठनमा निकै सहजता हुने विश्वास विद्यालयले लिएको छ । त्यसैगरि जनता मावि सुक्रौलीमा पनि साढे २२ लाखका लागतमा २ कोठे भवनको निर्माण कार्य भैरहेको पालिकाले जनाएको छ ।