मदारबाबा मेलामा भक्तजनहरुको घुईचो

0
159

परासी, २९ माघ । मुस्लिम हिन्दु समुदायको आस्थाका केन्द्र मदारबाबा मेलामा भक्तजनहरुको घुईचो लागेको छ । भाकल तथा मनोकामना मान्न नेपाल भारतबाट हजारांैको संख्यामा श्रद्धालुहरुको घुईचो लागेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वढा २ महलबारीमा आधार शिविर रहेको मदारबाबा स्थानको मेला यहि माघ २७ गते शुक्रबार शरु भएको छ । मेला शुरु भएदेखि आफनो मनोकामना मान्न र मनोकामना पुरा भएकाले चादर चढाउन हजारांैको संख्यामा भक्तजनहरुको आगमनले सो क्षेत्र निकै भिडभाड बढेको ।

तल आधार शिविर रहेपनि माथि ९ किलोमिटर दुरी पहाडमा मदारिया डाँडामा बाबाले तपस्या गरेको धार्मिक हिसाबले निकै महत्वपुर्ण धार्मिक स्थल रहेको छ । उक्त स्थलमा गद्दी नसिन बाबाहरु बस्ने र आउने भक्तजनहरुको दुख सुन्ने र त्यसको निवारणका लागि मदारबाबाको वसिला दिई दोआ माग्ने कार्य गर्दछन् । मदारबाबा स्थानमा विभिन्न दिर्घरोगका विरामी, बच्चा नपाउने दम्पती, विवाह नभएका युवायुवती, आफतविपतमा परेका परिवारहरु आफनो मनोकामना लिएर आउने गरेको गद्दिनसिन बाबा अमिरुल्लाह अंंसारीले जानकारी दिनु भयो ।
गत शुक्रबार देखि शुरु भएको मदारबाबा मेलामा आउने श्रद्धालुहरुका निशुल्क प्राथ्मिक उपचार, खानेपानी, राति बस्नेहरुलाई बासको सुविधा, शौचालयको सुविधाका साथै सुरक्षाको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

मेलामा नेपालको काठमाडौं, पोखरा, रुपन्देही, पाल्पा, चितवन, नवलपरासी पुर्व, कपिलवस्तु लगायत भारतको उत्तरप्रदेश, बिहार, दिल्ली, मुंबई, बंगाल जस्तो मुख्य शहरबाट करिव १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएको आयोजकले जनाएको छ । मदार बाबाको वास्तविक नाम हजरत बदिउद्दिन शाह कुतुबल मदार शाह रहमतुल्लाह अलैहे जिन्दा मदार शाह हो । यो मेला मुस्लिम धार्मिक मान्यता अनुसार जिन्दा मदार शाहको ६०६ ओैं उर्षकोे रुपमा मनाइदै छ । यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दाम्पतीले सन्तान पाउने तथा दुखियाको दुखहरण हुने मुल्य मान्यता र विश्वास रहि आएको मदार बाबाका मठाधिश बाबा अमिरुल्लाह अन्सारीले बताउनु भया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here