परासी, २८ माघ । जिल्लाका कतिपय स्थानिय तहले सिमसार पोखर पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै सिमसार बनाउने काममा प्राथमिकता दिएको हो पालिकाले बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिएको छ ।
सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उद्देश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार संरक्षण कार्यले प्रत्यक्ष फाईदा कम भए पनि परोक्ष रुपमा मानिसको जिवनमा ठूलो योगदान पुर्याउदै आएको उनले बताए । सिमसार संरक्षण,ब्यवस्थापन र बनाउने संक्ने स्थानमा थप सिमसारको विस्तार कार्य वर्दघाट नगरपालिकाले गर्दै आएको छ,उनले भने,यस्तो कार्य अन्य नगरपालिका र गाउपालिकाले समेत गर्दै लैजानु पर्छ ।
सिमासारसँग मानिसको मात्र जिवन जोडिएको हुदैन,उनले थपे,पृथ्वीका हरेक प्राणीको जिवनसँग यसले सरोकार राख्छ । सिमासर एक आफैमा सम्पदा हो,यसको संरक्षण,विस्तार अति आवश्यक छ । उनका अनुसार अहिले धेरै सामुदायिक बन भित्र सिमासर बन्ने आधार देखिए त्यसलाई सिमसारको रुपमा विकास गर्नका लागि नगरपालिकाले प्रोत्साहित गर्दै आएको छ । केही सामुदायिक बन आफै पनि सिमसार बनाउदै आएका छन् । यसको प्रत्यक्ष उदाहरण समान्य खाल्टो भएको स्थानलाई पारिजात सामुदायिक बन समुहले पारिजात सिमसारको रुपमा विकास थालेको छ । त्यसै गरि चिसापानी सामुदायिक बनले पनि सिमसार बनाउदै आएको छ । वर्दघाट नगरपालिका भित्रै संसारकोट बाउन्नघोल सिमसारको रुपमा विकास गरेकोछ । यसले बन्यजन्तुलाई पिउने पानीको स्रोत बनेको छ । पिउने पानी बन जंगल भित्र भए पछि बन क्षेत्रमा बन्यजन्तुको संख्या पनि वृद्धि गर्दै गएको छ । सिमसारमा जम्मा हुने पानी भन्दा बढि सतहमा पानी जम्मा हुदा नहरको संरचना बनाई सिचाईका लागि पनि नगरपालिकाले जलको सदुपयोग गर्ने गरेको छ ।
यिनै सिमसारलाई आधार बनाई हाल नगरपालिकाले ‘खुल्ला चिडियाघर’को अवधारणा समेत अगाडी सारेको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनाए । उनका अनुसार नगरपालिकाको पुर्वपश्चिम महेन्द्र लोकमार्ग देखी उत्तर तर्फको सामुदायिक बन क्षेत्र रहेको छ । उतm बन क्षेत्र पुर्व पश्चिम चार किलोमिटर र उत्तर दक्षिण ५ सय मिटर देखी ३ किलोमिटरसम्म फैलिएको छ । महेन्द्र राजमार्ग देखी ३ सय मिटर देखी ५ सय मिटर उत्तर तर्फ रहेको छ । वर्तमान अवस्थामा चिसापानी क्षेत्रमा ४ घिा ४ कट्ठामा पानी रहेको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट बन्यजन्तुलाई पानी खुवाउनका लागि पोखरीको निर्माण गरिएको तर सुदृणिकरण गर्न बाकी नै रहेको उनले बताए ।
पुर्वाधार विकासले तत्काल केही समयका लागि फाइदा पुर्याए पनि सिमसारले पुस्तौ पुस्तालाई फाईदा पुर्याउछ । भौतिक पुर्वाधारले मरुभुमिकरणको वृद्धि गराउछ । जलवायु परिवर्तनमा प्रतिकुल असर पार्छ । जैविक विविधतालाई ह्रास गर्छ । तर सिमसार संरक्षण र विस्तारले जलबायु अनुकुलनमा मद्दा पुर्याउछ । बर्षेनी बढदै जाने पृथ्वीको तापक्रमलाई नियन्त्रण र अनुकुलनमा मद्द पुर्याउछ । सिमासर ब्यवस्थापन कार्यमा नगरपालिकासँगै स्थानियबासी,सामुदायिक बन उपभोतmाले पनि चाँसो लिएर काम गर्दै आएको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले बताए । तर सिमसार ब्यवस्थापन गर्दा पक्कि संरचना बनाएर उपयोग गर्नु भन्दा जैविक संरचनालाई प्राथमिकतामा राखे अझै उपयुतm र प्रभावकारी हुदै जाने उनको भनाई थियो । पानीको बहार रोकेर पानी जम्मा गर्दा बनाईने पर्खाल,बाँधमा ढुगाँको पर्खालमा सिमेन्टको प्रयोग भन्दा माटोबाटै जोड्ने,काठ बाँसको प्रयोग गरि अझै जैविक विविधताले स्थान पाउने उनले बताए ।
नेपालको संविधान २०७२ ले तीन तहका सरकारबाट सिमसार क्षेत्रको बुद्धिमानी र उचित उपयोगको परिकल्पना गरेको छ । यस सन्दर्भमा, जलस्रोत संरक्षण र बहुउपयोग नीति र मानक तथा सिमसार क्षेत्र, कार्बन सेवा तयार गर्ने अधिकार संघीय सरकारलाई छ । खानेपानी प्रयोग र जैविक विविधता अख्तियार प्रदेशलाई दिइएको छ । संघ र प्रदेशको समवर्ती सूची अन्तरराज्यीय पानीको उपयोग, खानेपानी, सीमा नदी, नदी मार्ग हो। जलाधार, खानेपानी र साना जलविद्युत, जैविक विविधता स्थानीय सरकारको मातहतमा छन् । संघ, प्रदेश र स्थानीय सरकारबीचको साझा सूचीमा विद्युत, खानेपानी, सिँचाइ, पानीको उपयोग र जैविक विविधता समावेश छ । नेपाल सरकारले सिमसार संरक्षणका लागि थुप्रै कानुनी र नीतिगत व्यवस्था बनाएको छ । साभार बुटवल टुडे