सुर्य नगरगोल्डकप आजबाट सुरु

0
192

बर्दघाट, २५ माघ । बर्दघाट नवयुवा क्लवको आयोजनामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको सातौ सस्करणको सुर्यनगर गोल्डकप आजबाट सुरु भएको छ।बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले गोल्डकपको उद्घाटन गरेका हुन। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले भोलिकादिनमा यस खेललाई अझ उत्कृष्ट बनाउन थप रकम विनीयोजन गर्ने बताउदै उनले साविक दाउन्ने देवीलाई खेलकुद हबको रुपमा विकास गर्ने बताए । उनले खेलकुद विकास गर्ने क्रममा क्रिकेट रंगशालाको लागि पनि स्थान खोजीकार्य भै रहेकाले यसै क्षेत्रभित्र क्रिकेट रंगशालापनि निर्माण गरिने नगरप्रमुख श्रेष्ठले बाचा गरेका थिए । उनले बर्दघाटलाई खेलमार्फत चिनाउन सफल यस क्षेत्रका खेलाडीलाई विशेष धन्यवाद दिदै नगरले पनि यस क्षेत्रको खेल विकासमा विशेष भूमिका खेल्ने जनाएका थिए ।

विशिष्ट अतिथि प्रदेश सरकार लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले तिलोत्तमा पछिको उत्कृष्ट मानिएको खेललाई खेलकुदमा उल्लेखनिय सहयोग गर्न नसकेपनि अबका दिनमा यस खेललाई प्रदेशसरकार बाटै उच्च प्राथमिकतामा राखेर खेलकुद सञ्चालन गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले दाउन्ने देवी क्षेत्रलाई खेल पर्यटनको रुपमा विकास गर्ने उद्देश्यका साथ अगि बढि सोही अनुरुपको अवधारणा तयार गरिएको बताए । उनले यस क्षेत्रमा एउटा खेलकुद एकेडेमी बनाउने उद्देश्यका साथ संघीय सरकार संग कुरा भईरहेको बताए।सुर्यनगर गोल्डकपको बर्दघाट नगरपालिकाले संरक्षकत्व प्रदान गरेको छ।उद्घाटन शत्रको आजको खेल कपिलवस्तु ११ र नवलपरासी ११ बिच भएको थियो।जसमा नवलपरासी ११ लाई शुन्यका विरुद्ध १ गोलले कपिलवस्तु ११ ले जित हात पारेको छ।गोल्डकपमा प्रथम हुने टिमले नगद रु ५ लाख र द्वितीय हुने टिमले ३ लाख पुरस्कार प्राप्त गर्ने क्लवका अध्यक्ष अमर थापाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here