परासी, २२ माघ । माघ पुर्णिमाको अवसर पार्दै जिल्लाको सुस्ता गाउपालिकाले थप नयाँ बौद्ध स्थलको पहिचान गरि बौद्ध तिर्थ स्थलको घोषणा गरिएको छ । सुस्ता २ स्थित चुहाडी भनेर स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी प्रमुख आथिती गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले घोषणा गरेकी हुन् ।
उनले प्राचिन बौद्ध स्थल भएको पहिला देखी नै सुनिदै आएको र अहिले आफ्न्रै गाँउ ठाँउको प्राचिन स्थललाई बौद्ध अध्ययेताहरुको सहयोगमा यो बौद्ध तिर्थ स्थलको रुपमा घोषणा गर्न पाउनुमा आफु सौभाग्य शाली भएको बताएकी थिईन् । लुम्बिनी बुद्ध जन्मेको स्थलको रुपमा सँसार भरि विख्यात छ ,उनले भनिन,तर बुद्धको महत्वपुर्ण सन्देश दिएको सतपती स्थललाई पनि बौद्ध परिपथलसँगै जोडेर पहिचान गराउनमा यो घोषणा उपलब्धी मुलक हुनेछ । कार्यक्रममा विशिष्ट अथिती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ओझेलमा परेको यो महत्वपुर्ण बौद्ध स्थललाई यो घोषणाले सँसारमा पहिचान गराउने र विश्व सम्पादाको रुपमा स्थापित हुनेमा विश्वास ब्यतm गरेका थिए ।त्यसका लागि स्थानियबासी अब यहाँका प्राचिन मुल्यमान्यतालाई संरक्षित गरि बौद्धयात्रीका लागि पनि प्रमुख तिर्थ स्थलको रुपमा विकास गर्न आग्रह समेत गरेका थिए ।
संसारका मानिस बुद्ध जन्मेको देश नेपाल चिन्ने गरेका छन्,उनले थपे,तर बुद्धले कोलिय राज्य भित्रका विभिन्न स्थानमा गएर महत्वपुर्ण धर्मोपदेश गरेका स्थानलाई पनि चिनाउनका लागि स्थानियबासी निरन्तर लाग्नु पर्छ । यसले स्थानियबासीको संस्कृतिक विकास,आर्थिक विकास र अध्यात्मिक लाभ प्राप्त गर्नेमा सक्षम बनाउने छ । बौद्ध सहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगँसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको छ । सो स्थानलाई बौद्धकालिन प्राचिन सतपती बौद्धतिर्थ स्थल घोषणा गरिने गाउपालिकाले विगत बर्ष देखी नै सोच बनाएको र अहिले पुर्णिमाको अवसरमा घोषणा भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
बौद्ध दर्शनका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तव र पुरातत्व क्षेत्रको जानकार नारद यादवसँग पनि परामर्श भएर यो बौद्धकालिन स्थान भएको पहिचान भएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,प्राचिन स्थलको रुपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला ? भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो । खोज गर्दै यसको उल्लेख सतपती भनेर चिनियायात्रीको बर्णन र स्थानियमा पनि सतपती गाँउसँगै जोडिएको हुदा सतपति भनेर घोषणा गर्न लागिएको उनको भनाई थियो ।
भगवान गौतम बुद्ध जिवनको उत्तरार्धमा बैशाली नगरमा उनले माघ पुर्णिमाको दिन आफुले तिन महिना पछि बैशाख पुर्णिमाका दिन महापरिनिर्वाण लिइने घोषणा गरका थिए । यसलाई बौद्धमार्गीले महापरिनिर्वाण घोषणा दिवसको रुपमा मनाउदै आएका छन् । सोही अवसरमा अहिले यो सतपती गाउनजिकैको चुहाडी प्राचिन स्मारक क्षेत्रलाई सतपती बौद्ध तिर्थ स्थल भनेर घोषणा भएको स्थानिय समाजसेवी तथा विपश्यना साधक जितराम पंजियारले बताए । यसको महत्व ठूलो छ,तर अहिले यसको महत्व उजागर हुन नसक्दा समान्य रुपमा यसलाई चुहाडी र नजिकै रहेको गाउलाई सतपती भनेर मात्र चिन्ने गरिएको थियो । यो घोषणाले यो बौद्ध परिपथमा अब जोडिनेमा विश्वस्त भएको उनको भनाई थियो ।
विपश्यना अन्तरगतकै एक महत्वपुर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो,सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो । जुन ह्वेगँसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । उनले तिन सय पुरानो मानव अंग दात पनि फेला परेको उल्लेख गरिएको छ । संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको पंजियारले बताएका थिए । अब बौद्ध तिर्थ स्थल त घोषणा भयो,उनले थपे,अब यसलाई गाउपालिकाले आफ्नो गौरवकै योजनामा समावेश गरि लगानी पनि गर्नु पर्छ । स्थानिय र गाउपालिका दुबैले विश्वसम्पदामा सुचिकृतका लागि पुरातात्विक खोजका लागि पनि अग्रसरता देखाउनु पर्ने उनको आग्रह थियो । @sabhar butwal today