नवलपरासीमा ओपेन युनिभरसिटीको ईस्लामिक अध्ययन केन्द्र स्थापना

0
1086

परासी, १४ माघ । नवलपरासीको भुजहवाँमा नेपाल खुल्ला विश्व विद्यालय ईस्लामिक अध्ययन केन्द्र स्थापना भएको छ । मुस्लिम समुदायको छात्र छात्राहरुलाई नेपालमै उच्च शिक्षा अध्ययनका लागि जिल्लामा उक्त अध्ययन केन्द्र स्थापना गरिएका हो । मुस्लिम समुदायका विद्यार्थीहरु उच्च धार्मिक शिक्षा अध्ययन गर्न बाहिर देश भारत, पाकिस्तान, मिसर लगायतका ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै नेपाल खुल्ला विश्वविद्यालयले यसै देशमा अध्ययन गर्ने वतावरण बनाउदै नवलपरासीको सरावल ६ भुजहवाँमा अध्ययन केन्द्र स्थापना गरेको हो । उक्त अधययन केन्द्र जिल्लाको सरावल गाउँपालिका वडा ६ स्थित मदरसा अरबिया रजाउल ओलुम विद्यालयमा स्थापना गरिएको हो ।

मुस्लिम समुदायको धार्मिक विद्यालय मदरसाहरु नेपाल सरकारको शिक्षाको मुल धारमा आएपछि ति मदरसाहरुमा ४ वटा विषय उर्दु अरबी र ४ वटा विषय नेपाली पाठयक्रमका विषय अध्यापन गराईदै आइएको छ । अहिले ईस्लामिक धार तर्फ कक्षा ११, १२ सम्मको शिक्षा व्यवस्था रहदै आएपनि यसबर्षदेखि ब्याचलर सम्मको शिक्षा पाउने व्यवस्था यस खुल्ला विश्वविद्यालयले असर प्रदान गरेको छ । ओल्मा काउन्सिल नेपाल नवलपरासीको आयोजनामा एक कार्यक्रम बिच स्थापना गरिएको अध्ययन केन्द्रले जिल्लाका मुस्लिम समुदायहरु निकै उत्साहि भएका छन् ।

उक्त केन्द्र स्थापना तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले यस केन्द्रको संचालनमा आफुँ पालिका स्तरबाट भरपुर सहयोग गर्ने र यस केन्द्रबाट यहाँका विद्यार्थीहरुले भरपुर लाभ उठाउने विश्वास व्यक्त गर्नु भया । कार्यक्रममा विशेष अतिथि सरावल गाउँपालका उपाध्यक्ष बासमति हरिजन, विशेष अतिथि सरावल गाउँपालका पुर्व अध्यक्ष राधेश्याम चौधरी, विशेष अतिथि ओल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मिँया, केन्द्र व्यवस्था पुर्व शिक्षा अधिकारी अब्दुल रउफ खान,मदरसा समन्वय समिति पुर्व अध्यक्ष हैदर अलि मोमिन लगायतले नेपालमा मुस्लिम समुदायको लागि यो एतिहासिक कार्य रहेको भन्दै यसबाट उर्दुअरबी सहितका उच्च शिक्षा हासिल गर्ने यहाँका विद्यार्थीहरुका लागि सुनौलो अवसर प्राप्त भएको जिकिर गरे । कार्यक्रममा ओल्मा काउन्सि नेपाल नवलपरासीका अध्यक्ष मोलाना अमानुल्लाह कादरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम मोलाना उमर निजामीले संचालन गरेका थिए ।
कार्यक्रममा यस क्षेत्रमा योगदान पुरयाएका गाउँपालिका पुर्व अध्यक्ष राधेश्याम चौधरी, ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष मोलाना सैयद गुलाम हुसैन मिँया, पुर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खान, मोलाना मुस्ताकलाई सम्मान गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी, उपाध्यक्ष बासमति हरिजन सहित विभिन्न अतिथिहरुलाई मायाको चिनो पूदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here