सरावलमा “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया

0
76

परासी , १२ माघ। पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाकाे सभाहलमा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलकाे अायाेजनामा उपसचिव ठाकुर प्रसाद अाचार्यकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले स्थानीय सरकारको सुशासन प्रबर्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बनाउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नु पर्ने बताउनु भयो । भ्रष्टाचारले मानिसको इज्जत तबाह हुने र राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताउनु भयो । भ्रष्टाचार राेक्न सरावलका सबै नागरिक समाज लाग्नुपर्ने अाग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागिताहरूले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुकाे जवाफ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलकाे उपसचिव ठाकुर प्रसाद अाचार्य र नारायण न्याैपानेले जवाफ दिनुभएको थियो । त्यस्तै विषयवस्तु उपर प्रस्तुतिकरण हरिशंकर ठाकुरले गर्नुभएको थियो ।

कार्यक्रममा भ्रष्टाचारकाको अवधारणा, भ्रष्टाचारको कारण, भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली, भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाईएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेल लगाएतले अाफ्नाे सान्दर्भिक भनाइ राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सरावल गाउँपालिकाका जनप्रतिनिधीहरु, विषयगत शाखाका कर्मचारीहरु, पालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, उपभोक्ता समितिका पदाधिकारीहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here