परासी, २३ भदौ । नवलपरासीको सदरमुकाम परासीको ४ ठाउँमा टावर लाईट जडान हुन लागेको छ । जिल्लाको सदरमुकाम परासी बजारलाई रातीको सयमा उज्यालो बनाउन रामग्राम नगरपालिकाले ४ ठाउँमा टावर लाईट जडान गरिरहेको जनाएको छ । करिब ३ लाखको लागतमा एउटा लाईट जडान हुदै छ । प्रत्येक टावर लाईवटमा १५० वाटको ४ वटा एलइडी बल्ब जडान गरिने छ । ईलेक्ट्रिकबाट बल्ने उक्त लाईट सय मिटर वरपरको दुरीमा राम्रो उज्याले दिने बताइएको छ ।
सदरमुकाम परासीको ४ बढि भिडभाड र सवारी साधनको चाप हुने ठाउँमा यो लाईट हालिदै छ । नगरपालिकाकाले बुद्धचोक, बाईपास बालगोविन्द चोक, झरही खोला पुलको वारी र अर्काे रामग्राम नगरपालिका चोकमा गरि ४ वटा लाईटको जडान कार्य गरिरहेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले जनकारी दिए । प्रमुख गुप्ताले भने, अहिले लाईटको पोल ठडयाउने कार्य भएको छ अब केहि दिनमै ति पोलहरुमा लाईट जडान गरि बत्ति बालिने विश्वास दिलाए ।